विपक्षी गठबन्धनका नेता भन्छन्–राष्ट्रपतिको ‘नियत’ ठिक देखेनौँ

७ जेष्ठ २०७८, शुक्रबार १८:२०

काठमाडौं । विपक्ष दलका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबीसहित हस्ताक्षर लिएर पुगेका नेताहरुले राष्ट्रपतिको ‘नियत ठिक नदेखेको’ टिप्पणी गरेका छन् । कुराकानीमा ती नेताले भने, “हामीले राष्ट्रपतिको नियत ठिक देखेनौँ ।”

राष्ट्रपतिसमक्ष देउवाले आफ्नो दाबी पेस गरिरहँदा प्रधानमन्त्रीको पनि यसअघि नै हस्ताक्षर आएको भन्दै राष्ट्रपतिले नेताहरुको ध्यानाकर्षण गराएकी थिइन् ।“संविधान बमोजिम प्रधानमन्त्री बनाउने भए हाम्रो दाबी सही छ, तर हामीले उहाँको नियत नै गलत देखेका छौँ,” ती नेताले बाह्रखरीसँगको कुराकानीमा भने ।