
काठमाडौं, । नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार ८९० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा हाल एक लाख १६ हजार १९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा रहेको छ । पछिल्लो चौबीस घण्टामा १७७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
