
काठमाडौं । नयाँ सरकार गठनका लागि विपक्षी तीन दल र नेकपा एमालेकै संस्थापन इतर समूह राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ । शीतलनिवासको एक हलमा राखिएका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीको पखाइमा रहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव कुमार नेपाल समूहका नेताहरू शीतलनिवास गएका हुन् ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिनुभयो । सरकार गठनका लागि १ सय ३६ सांसदको हस्ताक्षर आवश्यक पर्छ । यसअघि देउवानिवास बुढानिलकण्ठ र सिंहदरबारमा विपक्षी दलहरूको छलफल र बैठक बसेको थियो ।
