प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

७ जेष्ठ २०७८, शुक्रबार १२:११

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार शुक्रबार साढे १२ बजे पत्रकार सम्मेलन हुँदैछ ।

प्रधानमन्त्रीको अनुरोधमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले आपत्ति जनाइरहेका बेला ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण पनि हुने थापाले जानकारी दिए । राष्ट्रपति प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।