
काठमाडौं । सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेकै दिनमा राष्ट्रिय सभा सदस्यमा पनि गृह मन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् ।बिहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपाल निकट रहेका खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
बिहीबार नै प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले बादलसहित सातजना मन्त्रीलाई सांसद नरहेको भन्दै नियुक्ति बदर गरेको थियो ।सांसद नभएका व्यक्ति एकपटकलाई बढीमा ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था भए पनि पुनः नियुक्ति पाएपछि उनीहरुको नियुक्तिविरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो ।
सर्वोच्चको यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, युवामन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरीको मन्त्री पदबाट मुक्त भएका छन् ।
उनीहरु मन्त्री बन्नका लागि प्रतिनिधि सभा या राष्ट्रिय सभाबाट निर्वाचित हुनुपर्नेछ ।
