पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

१ जेष्ठ २०७८, शनिबार २१:२२

काठमाडौं ।   नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौंले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि उचालेको हो । काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता  धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ ।