कपिल शर्माको फिरंगीको रिलिज डेट स¥यो

६ मंसिर २०७४, बुधबार १३:३६

मंसिर ६, काठमाडौं । कपिल शर्माको कमेडी पिरियड ड्रामा फिरंगीको रिलिज डेट सरेको छ । यही हप्ता रिलिज हुनुपर्ने फिल्मको मिति सारिएको छ ।

सूत्रहरूले बताएअनुसार, फिल्मलाई सेन्सर बोर्डबाट सर्टिफिकेट प्राप्त भएको छैन । त्यसले गर्दा निर्माताहरू चिन्तित छन् । फिल्मलाई सेन्सर बोर्डले बिहीवार मात्र सर्टिफिकेट दिन सक्ने अनि त्यसैले गर्दा शुक्रवार फिल्म रिलिज हुन नसक्ने देखिएको हो ।

केही समयअघि कपिल र उनको टोलीले फिल्म १० नोभेम्बरमा रिलिज हुने बताएका थिए । तर त्यो टरेर २४ नोभेम्बरमा आइपुग्यो । अब सर्टिफिकेट कुरिरहेको फिल्म कहिले रिलिज हुन्छ केही निश्चित छैन ।  कपिलको प्रोडक्सन हाउस फिल्म्सले बनाएको फिल्म राजीव ढिंगराले निर्देशन गरेका हुन् । फिल्ममा कपिलबाहेक इशिता दत्त र मोनिका गिल पनि देखिएका छन् । यो सन् १९२० को सेटिङमा बनेको फिल्म हो । एजेन्सी