बुटवलमा उपचाररत थप तीन संक्रमितको मृत्यु

३१ बैशाख २०७८, शुक्रबार १६:११

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । अस्पतालको इमरजेन्सी तथा कोरोना विशेष अस्पतालमा उनीहरुको मृत्यु भएको हो । बुटवल ६ का ५७ वर्षिय पुरुषको शुक्रबार विहान साढे ९ बजे मृत्यु भएको हो । त्यस्तै बुटवल ११ का ५५ वर्षिय पुरुषको विहिवार राती साढे १० बजे र सैनामैना ९ का ८५ वर्षिय पुरुषको विहिवार राती साढे ११ बजे मृत्यु भएहो हो ।