कोरोना विशेष अस्पतालमा आधा घण्टा अक्सिजन नहुँदा ५ जनाको मृत्यु

२९ बैशाख २०७८, बुधबार १८:५९

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक पाँच विरामीको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएको थियो ।

अक्सिजन सप्लाई रोकिएपछि पाँच बिरामीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अक्सिजन सकियो, आधा घण्टा दिन सकेनौं, उहाहरुको मृत्यु भयो, उनले भने,‘अहिले ६ वटा सिलिण्डर आएको छ एक डेढ घण्टालाई पुग्छ ।’

मृत्यु हुनेमध्ये ४ जना बुटवल उपमहानगरपालिकाका हुन् । नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल १२ की ५९ वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।