स्थायी कमिटी लगत्तै नेपाल–रावल देउवा भेट्न बूढानीलकण्ठ

२८ बैशाख २०७८, मंगलवार २२:०१

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।स्थायी कमिटी बैठकलगत्तै नेपाल र रावल बूढानीलकण्ठ पुगेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरूबीच साढे आठ बजेदेखि सवा नौ बजेसम्म वैकल्पिक सरकार गठनका विषयमा कुराकान भएको स्रोतले बतायो । छलफलमा सभापति देउवाका अतिरिक्त महामन्त्री पूर्णबहादुर खड्कासमेत रहेको बताइएको छ ।

मंगलबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सबै दलसँग छलफल गरेर प्राप्त निचोडका आधारमा निर्णय लिने निष्कर्ष निकालेको थियो ।जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले तटस्थ बस्दै गठबन्धन सरकार निर्माणको विपक्षमा उभिने बताएपछि कांग्रेस, माओवादी केन्द्र संकटमा छन् । वैकल्पिक सरकार गठनमा जसपाको पोजिसन हेरेर खनाल–नेपाल समूह निष्कर्षमा पुग्ने बताइएको छ ।