जनमोर्चाका थापाकाे सहयोग पृथ्वी सुब्बालाई, पुन मुख्यमन्त्री बन्ने संभाबना

२८ बैशाख २०७८, मंगलवार १६:४४

कास्की । गण्डकी प्रदेशमा पुन पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संभावना देखिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसक्ने बताउनु भएको छ । काँग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर गर्न पार्टीले ह्विप जारी गरे पनि पार्टीले जारी गरेको ह्विप उलङ्गन गर्दै जनमोर्चाका संसदीय दलको नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग नगर्ने बताउनु भएको छ ।
जनमोर्चाकै सांसद पियारी थापा र खिम बिक्रम शाहीले भने काँग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्ने भएका छन् । जनमोर्चाको एक सांसदले हस्ताक्षर नगरेसँगै ठुलो दलको आधारमा मुख्यमन्त्रीमा पुन पृथ्बी सुब्बा गुरुङ आउनुहुनेछ । यता राष्ट्रिय जनमोर्चाले थापालाई कारबाहि गर्यो भने काँग्रेस नेतृत्वकै संभाबना नि जिवित नै छ ।