
पोखरा, । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो ।आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले राजीनामा दिनुभएको हो ।मुख्यमन्त्री गुरुङले दिनुभएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसक्नुभएको छ ।
त्यसअघि आइतबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

