वीरगन्जमा कोरोनाको दोस्रो लहर : १९२ पीसीआर परीक्षणमा ११५ जनामा संक्रमण

वीरगन्ज । वीरगन्जमा थप १ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति १९२ जनाको पीसीआर परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये ८७ जना पर्साका, २४ जना बाराका र ४ जना रौतहटका रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिए । ५ वर्षदेखि ८० वर्ष उमेर समूहका १ सय १५ जनामध्ये ८४ जना पुरुष र ३१ जना महिला छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता वीरगन्जमा वैशाख १ गते देखि यता १ हजार ९ सय १२ जना संक्रमित थपिएका छन् ।  नारायणी अस्पतालको प्रयोगशालामा वैशाख १ देखि वैशाख २० गते रातिसम्म ३ हजार १ सय ६७ जनाको कोरोना जाँच गर्दा १ हजार ९ सय १२ जनामा संक्रमण भेटिएको डाक्टर सरोज रोशन दासले जानकारी दिए ।


प्रकाशित | २०७८ बैशाख २१ प्रकाशित १३:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *