पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ ।मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन जेलबाट मुक्त गराएकोमा प्रधानमन्त्री र राष्ट्रपतिलाई धन्यवाद दिनुभयो ।आफूले पदको लागि राजनीति नगरेको बताउँदै शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले पार्टी अध्यक्ष बन्ने प्रस्ताव आउँदा समेत नस्विकारेको बताउनुभयो ।पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरु थोपर्ने पद जोगाउने व्यक्ति आफू नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति हुँ । म माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने निष्ठावान पहेदार नागरिक हुँ ।’

देश कोभिडबाट आतंकित र आक्रान्त भएको बेलामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाइ जनताको जीउधनको रक्षा गर्नुपर्नेमा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको प्रति उहाँले दुख व्यक्त गर्नुभयो


प्रकाशित | २०७८ बैशाख २१ प्रकाशित १२:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *