गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

२० बैशाख २०७८, सोमबार १७:१८

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेशप्रमुख पदमुक्त र नियुक्ति गर्न सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।

पदमुक्त र नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पठाइसकिएको छ । केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुखहरूको पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।गण्डकी र सुदूरपश्चिम प्रदेशमा यसअघि माओवादीनिकट प्रदेश प्रमुख थिए ।