आन्तरिक तथा अन्तराष्ट्रिय उडान रोक लगाउने मन्त्रिपरिषद्को निर्णय

१९ बैशाख २०७८, आईतवार २०:५७

काठमाडौं  । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्य।ातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुुभएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उहाँले बताउनुुभयो ।