लुम्बिनी एमालेमा भाँडभैलो, सांसद पाण्डेले दिए राजीनामा, अरु दुईले पनि राजीनामा दिएको दाबी

१९ बैशाख २०७८, आईतवार १८:३१
बुटवल, । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ ।आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेका छन् ।पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । यसैगरी कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि राजीनामा दिएको दाबी गरिएको छ ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट तथा शाही नवलपरासी १ ख बाट विजयी सांसद हुनुहुन्छ । हृदयश त्रिपाठीसँग नजिक रहेका दुबै जनाले सूर्य चिह्नबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहमा रहेको र एमालेको सदस्य नरहेको दावी गर्नुभएको छ ।

लुम्बिनी एमालेमा भाँडभैलो, सांसद पाण्डेले दिए राजीनामा, अरु दुईले पनि राजीनामा दिएको दाबी