
अर्घाखाँची, । अर्घाखाँचीमा सोमवार देखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते सोमवार राती १२ बजे देखि बैशाख ३१ गते राती १२ बजे सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । जिल्लामा १ सय ५१ सक्रमित रहेका छन् भने २३ जनाको मृत्युु भईसकेको छ ।