
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन परीक्षण गर्दा त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ हजार १३२, ललितपुरका २७० र भक्तपुरका ९६ जना संक्रमित थपिएका छन् । देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
