बाँकेमा आज रातिबाट २० गतेसम्मका लागि निषेधाज्ञा

१२ बैशाख २०७८, आईतवार १७:३२

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञा जारी गरेको छ । कोरोनाको नयाँ भेरियन्टको चेन तोड्न आइतबार रातिदेखि २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

निषेधज्ञाको समयमा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत रोक लगाईएको छ ।