
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल झरेको छ ।
यस अघि गत बिहीबार नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले करेक्सन भएर २ हजार ६ सय ९९ दशमलव ५१ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २९ अंकले घटेको छ । कारोबार रकम ८ अर्ब ८० करोड भन्दा धेरै भएको छ ।
