काेराेना सङ्क्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक सिंहदरबारमा

४ बैशाख २०७८, शनिबार १६:५०

काठमाडौं ।  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको वेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।  स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि आज छलफल हुने बताइएको छ ।