नेविसंघले भन्यो, ‘विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर’

३ बैशाख २०७८, शुक्रबार ०९:१९

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ ।

संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ ।प्रत्येक दिन देशभर संक्रमित संख्या बढीरहँदा समेत सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको संघले जनाएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरुको संक्रमणकै कारण मृत्युु भैसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेल सम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन नसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो’, यो सरकार जनतालाइ राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरेको छ ।’

कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्यालय, बिश्व बिद्यालय, क्याम्पस र शिक्षालय लगायतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न नेविसंघले माग गरेको छ ।