४० देखी ४९ वर्ष उमेर समुहलाई चिनियाँ खोप लगाइँदै

३१ चैत्र २०७७, मंगलवार ११:३७

काठमाडाैँ । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप मंगलबारबाट लगाइदै छ। आज मंगलबारबाट २०७८ साल बैशाख ५ गते सम्म नागरिकहरुलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो पटक ४० देखी ५९ वर्षसम्मका नागरिकलाई खोप दिइँदै छ।

यस अघि सरकारले निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो। चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो। सो खोप काठमाण्डौ उपत्यकाका ३ जिल्लाका साथै काभ्रे, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका गरी २३ खोप केन्द्रबाट दिन लागिएको हो।