विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो । ‘भित्र अध्यक्षज्यू र मेरो कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् । दराजहरु खोलिएका छन् । यहाँ भएका कागजातहरु लिएर गएको देखिन्छ’ उनले भनिन् । ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले बताइन् ।


प्रकाशित | २०७७ चैत्र ३० प्रकाशित १४:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *