नयाँ सँविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको जित आवश्यक

६ मंसिर २०७४, बुधबार ०६:३५

मंसिर ६, काठमाण्डौं ।
नयाँ सँविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् ।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रम सिंहले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको धारणा राखे । काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सिंहले कांग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र संविधानको सफल कार्यान्वयनका लागि कांंग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आममतदातामा कांग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त समेत गरेको राससले समाचारमा उल्लेख छ ।