धरानका स्थानीय खानेपानीको माग गर्दै आन्दोलित

२४ चैत्र २०७७, मंगलवार १७:११

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हा–हाकार भएपछि स्थानीय आन्दोलित भएका छन् । हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै स्थानीयले रित्तो गाग्री बोकेर धरान उपमहानगरपालिका घेराउ गरेका हुन् ।

उनीहरुले तत्काल खानेपानी वितरण गर्न माग गरेका छन् । एसियाली विकास बंैकको आर्थिक सहयोगमा निर्माण थालिएको खानेपानी आयोजनाको काममा करौडौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै उनीरुले तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न मागसमेत गरेका छन् ।