कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

२४ चैत्र २०७७, मंगलवार १७:०५

काठमाडौँ । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीको केन्द्रीय साइबर ब्‍यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नगरपालिका- ५ बस्‍ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् । पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।