मूल्यवृद्धि विरुद्ध आयल निगम अगाडि प्रदर्शन

२३ चैत्र २०७७, सोमबार १३:४८

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि एमालेको माधव नेपाल पक्षिय अनेरास्ववियुले आयल निगमको कार्यालय घेराउ गरेको छ। उनीहरुले काठमाडौँ बबरमहल स्थीत निगमको कार्यालयमा नाराबाजी सहित घेराउ गरेका हुन्। उनीहरुले ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए विरोधमा उत्रने चेतावनी दिएका छन्।

गयरातीबाट लागुहुने गरि निगमले पेट्रोल डिजेल र मट्टीतेलमा २ रुपैयाका दरले मूल्यववृद्धि गरेको थियो। मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ। इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ।