काठमाडौं – नेपाली बजारमा बुधवार सुनको मूल्यमा घटेको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुनको मूल्यमा ४ सय रुपैयाँको घटेको हो । मंगलवार छापावाल सुन प्रति तोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ । महासंघका अनुसार बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।
