काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् ।
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको स्रोतले जनाएको छ ।
नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरु विरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
