पार्टीको निर्णय कुनै हालतमा फिर्ता हुन्न, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

१३ चैत्र २०७७, शुक्रबार १७:३९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएका हुन् । यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।