दया र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

१३ चैत्र २०७७, शुक्रबार ११:५३

चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ । विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिए । यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुनेछ ।

यो चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृती अष्ट्रेलिया पुगेकी थिइन् । उनले, ६ बर्षपछि चलचित्रमा काम गर्न लागेकी हुन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा हुन् । चलचित्रमा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।