
लम्की (कैलाली) । कैलालीको लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ बर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णली रिभर यातायात प्रालीको बसले लम्कीबजार चोकमै ठक्कर दिएको जनाइएको छ । बसको ठक्करबाट मृतकका तीन बर्षीय छोरा घाईते भएकाछन् । घाईते बालकको उपचार भैरहेको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
मृतकका आफन्तले चालकलाई कडा कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका संगै लम्कीबजार समेत बन्द गरेका छन् ।
