पूर्व नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरे

९ चैत्र २०७७, सोमबार १७:५०

डाेल्पा । डाेल्पाकाे मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना पूर्व नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरेका छन् । एक कार्यक्रमका बिच साेहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउपालिका पार्टी कमिटी सचिब कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका थिए ।

पूर्व नेकपा एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाहि लगाएत २३ जनाकाे सिँगाे गाउँनै माओवादी केन्द्रमा प्रबेश गरेकाे मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिनुभयाे । माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अव गाउँपालिकामा माओवादी केन्द्रकाे पकड बलियाे भएकाे दावी समेत गर्नुभयाे ।