
काठमाडौं। नयाँ बसपार्कमा रात्रि बससलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दाेलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् । यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
रात्रि बसले कुनै गल्ती नगरे पनि ट्राफिकले चिट काटेपछि बस संचालकहरूले बस पार्क पुग्नुअगावै गाेंगबुमा सडकमै बस रोकेर हिँडेका छन् । यसबारे महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे खुलाए- यात्रुसँग बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर जरिवाना लिन खोज्दा अवरोध भएको हो।साेही कारण बसहरूकाे जाम लागेर रिङराेड अवरूद्ध भएकाे हाे ।
