
Bhim Rawal CPN-UML senior leader and a member of Task Force speaks to media after a meeting chair by Prime Minister Sushil Koirala on Thursday evening held at PM’s Official Residence Baluwatar which formed a Task Force to resolve issues related to new Constitution. Photo: RSS
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।
रावलले नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु हास्यास्पद र अवैध भएको बताउनुभएको हो ।
‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, रावलले भन्नुभएको छ ।
यस्तो निर्णयलाई आफूले कदापि नस्विकार्ने रावलको भनाई छ । शनिबार राति सामाजिक सञ्जालमा लेख्दै रावलले निर्वाचनमा जारी गरेका प्रतिबद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लघंन गर्दै फागुन २८ गते मनपरि निर्णय गर्ने जस्ता निर्णय किन गरेको भन्ने बारे ओलीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।
शनिबार एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
