भूकम्पपीडित रमाको आम्दानी मासिक ३० हजार

७ चैत्र २०७७, शनिबार १२:१९

काठमाडौं  । भूकम्पले घर भत्काएपछि विकल्प खोज्दै काठमाडौं प्रवेश गर्नुभएकी ५२ वर्षीया रमा अर्याल अहिले सडक किनारमा हरियो मकै विक्री गर्न दिनभर व्यस्त हुनुहुन्छ । विहानै उठेर हरियो मकै खरिद गरेपछि चाबहिल छेउको सडकमा साँझसम्म मकै पोलेर विक्री गरेर मासिक ३० हजारसम्म आम्दानी गर्ने गर्नुहुन्छ ।

चाबहिलको सडकपेटीमा उहाँलाई ‘मकै आमा’ भनेर सबैले चिन्ने गर्छन् । चितवनबाट ल्याएको मकै खरिद गरेर विहान १० बजे देखि बेलुकी ७ बजेसम्म उहाँ त्यहीँ बसेर ३० रुपैयाँका दरले एक घोगा मकै विक्री गर्ने गर्नुहुन्छ । सिन्धुपाल्चोक चौतारा नजिकको डाँँडाचोक घर भएकी अर्यालको घर २०७२ सालको भूकम्पले काम नलाग्ने बनाइदिएको थियो । सडक किनार उहाँका लागि परिवार गुजारा चलाउने एउटा आधार बनेको छ । उहाँले हाल दैनिक एक सय घोगासम्म मकै विक्री गरेर दैनिक पाँच सय देखि एक हजार सम्म आम्दानी गरी पाँच जना छोरी र एक जना छोरा सहित आठ जनाको परिवारको गुजारा चलाउनुभएको छ ।

‘मासिक ३० हजारसम्मको कमाई गर्छु त्यसैले कान्छी छोरीको स्कुल ‘फि’ बुझाउनेदेखि घरभाडा र तरकारी खाद्यान्न जोहो गर्छु’ उहाँले भन्नुभयो – ‘भूकम्पले सिन्धुपाल्चोक क्षेत्रमा बढी क्षति पु¥याएको थियो त्यसमा उहाँको परिवार पनि अछुतो रहेन । सरकारले तीन लाख रुपैयाँ र तीन बोरा चामल सहयोग ग¥यो त्यस पछि सडकमै मकै पोलेर गुजारा चलाउँदै आएको छु । तीन जना छोरीको बिहे भयो कान्छा, छोरा गाडी चलाउँछ तर श्रीमान् विरामी भएकाले बुढेसकालमा पनि सडक पेटीमा खट्नै पर्ने बाध्यता उहाँलाई छ । खर्च कटाएर दैनिक पाँच सय रुपैयाँ बचाउँछु ।’