महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा ! अब एमालेको सक्रिय राजीनितिमै लाग्ने

६ चैत्र २०७७, शुक्रबार १५:१९

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामाको जानकारी दिएको बताउनुभयो ।

खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा परेपछि नै राजीनामा दिन लाग्नुभएको थियो । तर, त्यो समयमा उहाँले राजीनामा गर्न लागेको समाचारप्रति खण्डन गर्नुभएको थियो । शुक्रबरा भने उहाँले सोही समयमा लेखेको बेहोरामै राजीनामा दिएको बताउनुभयो ।

शुक्रबार आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गर्दै खरेलले प्रधानमन्त्रीसँगको सम्बन्धमा कुनै पनि तितोपना नआएको जानकारी दिनुभयो । खरेलको राजीनामा आएसँगै प्रधानमन्त्री उनीसँग असन्तुष्ट भएको समाचार बाहिरिएको थियो ।

महान्यायाधिवक्तको पदबाट राजीनामा दिएसँगै आफू सक्रिय राजनीतिमै फर्किएको खरेलले बताउनुभयो । उहाँ यसअघि नेकपा एमालेको सक्रिय नेता तथा कार्यकर्ता हुनुहुन्थ्यो । प्रधानमन्त्रीको कानुनी सल्लाहकार बन्ने हो भन्ने सञ्चारकर्मीको जिज्ञासमा उहाँले त्यसबारेमा कुनै पनि कुरा नभएको बताउनुभयो ।