वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ! रघुजी पन्त

२ चैत्र २०७७, सोमबार १३:५८

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराही वार्ता स्थलबाट नेताहरु बाहिर निश्कनु भएको छ ।
वार्ताबारे जानकारी दिदै नेता रघुजी पन्तले सकारात्मक रुपमा वार्ता भयो , हामीले आआफ्ना अडान राख्यौं, त्यसमा अध्यक्ष कमरेडले त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउने आशा लिएका छौं ।
पत्रकारले कस्तो अडान राख्नुभयो भनेर राखेको जिज्ञासाको जवाफमा उहाँले आफूहरुले फागुन २७ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको बताउनुभयो ।
उहाले अदालतले एमालेलाई सुदृढ बनाउने अबसर दिएको र अब त्यस तर्फ लागौं भन्ने कुरा भएको छ । अब सोही रुपमा बार्ता अगाडि बढ्छ ।