हिरो एक्स्ट्रिम १६० आर आयो नेपाली बजारमा

२ चैत्र २०७७, सोमबार १०:३०

काठमाडौं । भारतमा निकै नै रुचाइएको र नेपाली बजारमा निकै नै प्रतीक्षा गरिएको हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले सो बाइक औपचारिक रुपमा नेपालमा उपलब्ध भएको बताएको छ ।

हिरो एक्स्ट्रिम १६० आर बाइके यो सेगमेन्टकै सबैभन्दा तीव्र गतिमा चल्ने मोटरसाइकल भएको दावी गरिएको छ । सिंगल च्यानल एबीएसका साथ डबल डिस्क मोडलमा उपलब्ध यो बाइकले नेपाली बजारमा सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

स्पोर्टिनेस र वास्तविक–विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आरमा १६० सीसी एयर कुल्ड बीएस६ मापदण्डको इन्जिनको साथ आउँछ, जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो इन्जिनले १५ बीएचपी २ ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ ।

तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमी/प्रतिघण्टाको गति प्रदान गर्छ । यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्ट मध्येको एक बनेको छ । यसको कर्व वेट जम्मा १३८.५ किलोग्राम छ ।

असाधारण ह्यान्डलिङ

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि इन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँदछ ।

३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती÷स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ एमएम फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ एमएम ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फर्स्ट–इन–सेगमेन्ट विशेषता-

नयाँ एक्सट्रिम १६० आर ‘फर्स्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल ल्याम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फर्स्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड इन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ ।

हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रेन्ट ब्लु र स्पोर्टस् रेड गरी तीन कलर अप्सनमा उपलब्ध हिरो एक्स्ट्रिम १६० आर मोटरसाइकलको मूल्य ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । नेपाल अट्टाे