
काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीजस्तो तानशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताएका छन् ।
५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले यस्तै हर्कद देखाउने गरेको स्मरण गर्दै उनले नेपालमा केपी ओलीजस्तो तानशाह अहिलेसम्म नजन्मिएको बताए ।
महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको उनले बताएका छन् ।
ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएपछि उनले यस्ता प्रतिक्रिया दिएका हुन् ।
स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले दुई तिहाईको बहुमत र पार्टी एकता सकेर मात्रै नपुगेर नेकपा एमाले नै सक्याउनतिर लागेको बताए ।
एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको भन्दै उनले त्यसलाई संगठित गरेर परास्त गरिने बताए ।
