एमालेमा नेपाल पक्षलाई बाइपास वाग्मती प्रदेश इन्चार्जमा ‘बादल’

२८ फाल्गुन २०७७, शुक्रबार १७:३८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

आज बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको भेलाले सबै प्रदेशमा आफ्नो पक्षको इन्चार्ज तोकेको छ । जसअनुसार प्रदेश नम्बर–१ मा सुवास नेम्वाङ, प्रदेश नम्बर–२ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ ।