बुटवलमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्ड

२८ फाल्गुन २०७७, शुक्रबार १०:३०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आएका छन् । बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेका  हुन् ।

संघको प्रथम महाधिवेशन बुटवलमा हँुदै छ । सोही अवसरमा विहान दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम भएको थियो । उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम  रहेको छ ।