काठमाडौँ। ललितपुर उपमहानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिता चैत सात गतेबाट हुने भएको छ । करिव एक साता हुने प्रतियोगितामा पाँच टिमको सहभागिता हुनेछ ।
टी २० फरम्याटमा हुने प्रतियोगिताका लागि ललितपुर उपमहानगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
यसका साथै क्यानले प्रतियोगिताको खेल तालिका र पुरस्कार राशीका बारेमा केहि दिनमा फाइनल गर्ने बताएको छ ।
यो प्रतियोगितामा दाङमा भएको प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेको चार टिम र एउटा बाँकी टिमबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरेर गरिनेछ ।