पशुपति परिसरमा महाशिवरात्रिको रौनक (फोटो फिचर)

२७ फाल्गुन २०७७, बिहीबार १७:२१

काठमाडौं। बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ । यद्यपि पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ ।
पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको अनुमान गरिएको छ ।

पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० जती रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकोमा यस वर्ष कोरोनाका कारण संख्या घटेको जनाइएको छ।

तस्बिर प्रदीप ओली