चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा र बाघको बच्चा मृत भेटिए

२५ फाल्गुन २०७७, मंगलवार १५:४८

चितवन । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैँडा अर्को भाले गैँडासँग जुँधेर मरेको हो । गैँडाको खाग खुर सुरक्षित छन् । योसहित यस चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।

सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ । यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ ।

निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघको बच्चा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ ।