बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बघौडामा सोमबार आगलागी

२४ फाल्गुन २०७७, सोमबार १५:१६

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बघौडामा सोमबार आगलागी हुँदा २५ घर जलेका छन् ।

सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले जलेका घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।