
काठमाडौँ । प्रतिनिधि सभाको बैठक फागुन २६ गते बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
नेकपाका प्रचण्ड-नेपाल समूहले बहिष्कार र कांग्रेसले अवरुद्ध गरेपछि बैठकको नयाँ मिति तोकिएको हो ।
बैठक फागुन २६ गते बुधवार दिनको १ बजे बस्ने जानकारीसहित सूचना टाँस गरिएको छ ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा कार्यसूचीका विषयलाई लिएर नेकपाको प्रचण्ड-नेपाल पक्षले बहिष्कार गरेको थियो ।
त्यस्तै नेपाली कांग्रेसले अध्यादेश पेश गरिएको सन्दर्भलाई लिएर नाराबाजीसमेत गरेको थियो ।
कांग्रेसको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।
तर १० मिनेटपछि पनि बैठक बस्न सकेन । त्यसपछि सूचना टाँस गरेर बैठक ३ दिनका लागि स्थगित गरिएको हो ।
