सांसद् भीम रावलको प्रश्न : प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीको?

२३ फाल्गुन २०७७, आईतवार १७:५९

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीको भन्दै प्रश्न गरेका छन् ।

सातौं संसद् अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले नेकपा कट्टेलको भनेर फैसला गरेपछि कुन पार्टीको प्रधानमन्त्री हुन भन्दै जान्न पाउनुपर्ने बताए ।

सरकारले सम्पूर्ण रुपमा आफ्नो वैधता गुमाइसकेको उनको भनाइ थियो । सर्वोच्चले नेकपा विवादको नाममा आज फैसला गरेको थियो ।